Monday, August 17, 2015

यो हो दुनियाको सबैभन्दा धेरै चट्याङ पर्ने ठाउँ (फोटोफिचर सहित)

०७२ साउन ३२ गते ११:०१ मा प्रकाशित
Venezuela1
पृथ्वीमा सबैभन्दा धेरै चट्याङ पर्ने ठाउँ कहाँ होला, थाहा छ ? सायद छैन होला । विश्वको सबैभन्दा बढि चट्याङ पर्ने ठाउँमा यति धेरै चट्याङ पर्दोरहेछ भन्ने कुरा कल्पना गर्न पनि गाह्रो छ । हो, भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा हरेक मिनेटमा २८ पटक चट्याङ पर्दछ र यो दुनियाको सबैभन्दा बढि चट्याङ पर्ने ठाउँ हो ।
जहाँ काटाटुम्बो नदी माराकाइबो तालमा मिल्दछ, त्यो क्षेत्रमा एक वर्षमा २ सय ६० दिन त आँधीबेहेरी र हावाहुण्डरी नै चल्दछ ।  तिव्र आँधिबेहेरीका कारण त्यहाँ निरन्तर विजुली चम्किरहेको र चट्याङ परिरहेको हुन्छ ।
डेलीमेलका अनुसार माराकाइबो तालमा रहेक मिनेटमा औषतमा २८ पटक चट्याङ पर्दछ अर्थात् एक वर्षमा १२ लाख पटक चट्याङ पर्छ । त्यहाँ परेको चट्याङ अढाइ सय माइल टाढाबाट समेत देख्न सकिन्छ ।
Catatumbo 1
आखिर त्यो तालमा किन यतिधेरै चट्याङ पर्छ होला ? वैज्ञानिकहरुले यस विषयमा विभिन्न खाले सिद्धान्त प्रतिपादन गरेका छन् । तिव्र गतिको हावाले तालको ओसिलो हावालाई जोडसँग सोहोरेर लग्ने र नजिकैको एन्डियन पहाडमा ठोक्काउने गर्दा यस्तो भएको कतिपयको भनाइ छ । अर्को सिद्धान्त अनुसार ताल क्षेत्रको धापमा कुहेका जिव तथा वनस्पतीबाट निस्किएको मिथेन ग्यासका कारण यस्तो चट्याङ निरन्तर पर्ने गर्छ ।
माराकाइबो ताल पहाडले घेरिएको छ । पहाडहरुले क्यारेबियन सागरबाट आउने न्यायो व्यापारिक वायुलाई ट्रयाप गर्दछन् । त्यो न्यानो हावा एन्डिज पर्वतबाट झर्ने चिसो हावासँग ठोक्किन्छ । त्यसपछि दुवै हावा माथि उठ्छन् र गर्जन सहित निरन्तर विजुली चम्किन्छ ।
वैज्ञानिकहरुका अनुसार माराकाइबो तालमाथिको आकाशमा चम्किरहने विजुलीका कारण उत्पन्न भएको उर्जाबाट पूरै ल्याटिन अमेरिकामा विजुली बाल्न पुग्दछ ।
हेरौँ माराकाइबो तालमा पर्ने चट्याङका दृश्यहरु
Catatumbo 2
Catatumbo 3
Catatumbo
La Dragontea
- See more at: http://www.onlinekhabar.com/2015/08/313167/#sthash.OIr4u3SX.dpuf

Thursday, August 13, 2015

क्यान सफ्टेक २०१५ भदौ १७ देखि, ७० प्रतिशत स्टल बुकिङ भैसकेको जानकारी

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ १७ देखि २० गतेसम्म सुबिसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वल्र्ड हुने भएको छ

नेपाली गुगल बोई आदित्यले अर्को अनौठो भबिस्यबाणी गरेर बिश्व मै तहल्का मच्चायो

यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ

Tuesday, August 11, 2015

hello visitors

World is now upgrading and become more compact because of new IT sector and technologies. so this blog is specially published to share new technology  information in recent worlds. I think this blog will be  helpful to students as well as newer  candidates in IT fields.
so if you wants to gain new information in IT fields then please join with us and take advantage  posts. i hope you guys will support it.
Thanks for your time.